खाेज्नुहाेस

गोदावरीका जनस्वास्थ्य निरीक्षक भट्टको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टको उपचारमा आर्थिक समस्या भएको छ । फोक्सो र मस्तिष्कमा क्यान्सर देखिएपछि वीर अस्पताल काठमाडौँमा उपचाररत भट्टलाई उपचारका लागि आर्थिक समस्या भएको हो ।

उनको उपचारका लागि धेरै रकम आवश्यक गर्ने भएकाले सहयोगका लागि अपिल गरिएको कृष्णका भाइ गणेश भट्टले बताए । उनले ४ दिन अघि सेतीमा उपचारका लागि जाँदा क्यान्सर देखिएपछि सेतीले काठमाण्डौं पठाएको बताए ।
‘दाइको हातको औला झमझमाउने समस्या थियो । न्युरो सम्बन्धी समस्या हो की भनेर सेतीमा उपचार गर्न गएका थियौ’ उनले भने ‘सेतीमा एमआरआई गर्दा ब्रेनमा धब्बा देखियो । त्यसपछि चेस्टको सिटी स्केन गराउँदा क्यान्सरको लक्षण देखिएपछि सेतीले काठमाण्डौं पठाएको थियो ।’

attariya hospital
navjiwan hospital

भट्ट हाटखोलीमा रहेका सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत छन् । उनले सेतीमा क्यान्सर भएको पुष्टि भए पनि कुन स्टेजको क्यान्सर हो भन्ने परीक्षण गर्नको लागि नेपाल क्यान्सर अस्पतालमा स्याम्पल छोडेको बताए । उनले रिपोर्ट आउन ४/५ दिन लाग्ने बताए ।

‘प्रारम्भिक चेकजाँचमा फोक्सोको क्यान्सर मस्तिष्क सम्म सरेर मस्तिष्कमा पनि क्षति गरेको देखिएको छ’ उनले भने ‘बायोस्टी रिपोर्ट आएपछि कुन स्टेजको क्यान्सर हो । उपचार कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ ।’

उनले उपचारमा धेरै खर्च लाग्ने भएकाले अहिले सहकर्मी तथा साथीहरूले उपचारका लागि सहयोग सङ्कलन गर्न थालेको बताए । उनले भने ‘अहिले तलब नआएको ७ महिना भएको छ । सामान्य उपचार गर्न पनि समस्या भएका बेला जटिल रोग देखिएपछि उपचारका लागि सहयोगको अपिल गरेको हुँ ।’

उनले उपचारका लागि ४० लाख सम्म खर्च लाग्ने भएकाले अहिले देखि सहयोग रकम जुटाउन लागेको बताए । उनले सहयोग गर्न चाहनेले एनआईसि एसिया बैंकको खाता नम्बर ९५५७०४१७८०७५२४०१ र लक्ष्मी बैंकको खाता नम्बर ०७७०६०००० र ई सेवाको ९८४८२५००७५ नम्बरमा सहयोग गरिदिन आग्रह गरेका छन् ।