खाेज्नुहाेस

बैतडीको सुर्नया पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Image

बैतडी- बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार बुधबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

navjiwan hospital

पालिकाभरीका खोप पाउने उमेर समूहका जन्मदेखि १५ महिनासम्मका ४३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका १ हजार ३१४ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।

attariya hospital

बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध ९ ओटा खोपहरु नियमित रुपमा दिने गरिएको छ ।