
डडेल्धुरा – डडेल्धुराको भागेश्वरमा एक किसानले पालेका ११ बाख्रा एकैपटक मरेका छन । भागेश्वर गाउँपालिका–४ ढिमौलाका भीम सार्कीले पालेका ११ बाख्रा एकैपटक मरेका हुन । एकैपटक ११ बाख्रा मरेपछि सार्कीले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ । अज्ञात रोगकका कारण सार्कीले पालेका ११ बाख्रा मरेको भागेश्वर गाउँपालिकाका पशु शाखा प्रमुख मोहन सार्कीले जानकारी दिए ।
बाख्राहरूमा काँप्ने, झोक्राउने, आन्द्रा सुन्निएको देखिने, खाना नखानेजस्ता लक्षण देखिएको उनले बताए । उनका अनुसार बाख्रामा देखिएको रोग पत्ता लगाउनका लागि बिहीबार नमूना संकलन गरेर धनगढी पठाइएको छ ।



















