डोटी – डोेटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छिन । शनिबार जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वती देवी बोहरा चट्याङ लागेर घाइते भएकी हुन् ।

घरमै बसेको बेला परेको चट्याङ लागेर बोहरा घाइते भएको इलाक प्रहरी कर्यालय जोरायलले छ ।

चट्याङबाट बोहराको घरमा क्षती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको प्रहरीले जनाएको छ । घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
















