खाेज्नुहाेस

कञ्चनपुरमा वैवाहिक कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

Image
file photo

कञ्चनपुर – वैवाहिक कसुर मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेकी एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०८२ असार २० गतेको फैसलाले वैवाहिक कसुर मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेकी शुक्लाफाँटा नगरपालिका–१ बन्साह निवासी ३० वर्षीया लालिता लावडलाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी लावडलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।