अत्तरिया- डोटीमा जङ्गलमा लागेको आगोबाट गोठमा आगलागी भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका-६ वाशुदेउ जङ्गलमा लागेको आगोबाट सोही ठाउँका लालबहादुर खड्काको २ तले ढुङ्गा माटोले बनेको कच्ची टिनले छाएको गोरु बाँध्ने गोठमा आगलागी भएको हो ।

मंगलवार भएको आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय र चौपाया क्षति भने भएको छैन ।

प्रहरी र स्थानीयको सहयोगमा आयो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रही कार्यालय धनगढीले जनाएको छ ।
















