अत्तरिया – कामका लागि भारत गएका डोटीका एक जना बेपत्ता भएका छन । डोटीको दिपायल सिलगढी नगरपालिका – १ बस्ने भीम साउँद भारतको नया दिल्लीबाट सम्पर्क बिहिन भएका हुन ।

उनि रोजगारीको सिलसिलामा यही वैशाख १२ गते भारत हिडेका थिए । रोजगारीका लागि महेन्द्रनगर बनबासा हुदै गएका उनि त्यसको दोस्रो दिनदेखी सम्पर्क बिहिन बनेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

साउँदलाई भेटे नजिकको प्रहरी कार्यालय वा नेपालका लागि ९८४७१२०७७० र भारतका लागि ७४०४६५२१७९ नम्बरमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।
















