
बझाङ – बझाङ उपनिर्वाचनमा कांग्रेसले अग्रता कायमै राखेको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कांग्रेसले २८४ मतले अग्रता लिएको हो ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार ९७७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी दमनबहादुर भण्डारीले ८ हजार ६९३ मत प्राप्त गरेका छन् । माओवादीका जनक बुढाले ३ हजार ५०९ मत प्राप्त गर्दा नेकपा एसका दिलबहादुर सिंहले २ हजार ३९२ मत प्राप्त गरेका छन् ।
















