
अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ । लामो समयदेखि दन्त चिकित्सा क्षेत्रमा कार्यरत डा.अच्युत भट्ट र डा.रोशन भट्टको समूहले डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका हुन् ।
नयाँ सञ्चालनमा आएको हस्पिटलमा एक महिना सम्म निःशुल्क चेकजाँच गरिने जनाइएको छ ।
१५ शैय्याको उक्त हस्पिटलमा निकट भविष्यमा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषदबाट सम्बन्धन प्राप्त कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।


















