खाेज्नुहाेस

गेटामा ६ सय शैय्याको अस्पताल सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Image

अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय संघर्ष समितिले गेटामा ६ सय शैय्याको अस्पताल सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ । समितिले आइतबाट सुदूरपश्चिम आएका प्रचण्डलाई भेटेर गेटामा तत्काल ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न माग गरेको हो ।

संघर्ष समितिले ज्ञापन पत्रमा संघिय संसदको आगामी अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धी विधेयक पनि पास गर्न माग गरेको छ ।

attariya hospital
navjiwan hospital

गेटामा नेपाल सरकारको २०७९ माघ २९ गते सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय बनाउने घोषणा गरेको थियो ।

हाल विश्वविद्यालयको विधेयक राष्ट्रिय सभावाट पारित भएर प्रतिनिधि सभामा पेस गरिएको छ । हाल गेटामा सञ्चालनमा १ सय शैयाको ओपीडी अस्पताल मात्रै सञ्चालनमा रहेको छ ।