अत्तरिया- डोटीका टेकबहादुर मगरको भान्सामा आगलागी भएको छ । बडीकेदार गाउँपालिका-२ कोटकेनीका मगरको १ तले खरले छाएको कच्ची भान्सा घरभित्र चुलोमा बालेको आगोबाट शनिबार आगलागी भएको हो ।

प्रहरीले अचानक भएको आगलागीबाट भान्साघर र भित्र रहेका भाँडावर्तन, अन्नपात गरी अन्दाजी ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















