डोटी- डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन् । दिपायल सिलगढी नगरपालिका-८ नारिदाङकी ३२ वर्षीया पुतली विक रुखबाट लडेर घाइते भएकी हुन् ।
उनी आज बिहान घर नजिकैको सिमलको रुखबाट लडेर घाइते भएकी प्रहरीले बताएको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।