खाेज्नुहाेस

मष्टामा ४ दिने आँखा शिविर सम्पन्न, ६ सय बढी लाभान्वित

Image

रुपक खड्का, बझाङ – बझाङको मष्टा गाउँपालिकामा संचालन भएको निःशुल्क आँखा शिबिरको चेकजाँच तथा छ्नोट कार्यक्रम सम्पन्न भएको छ । फागुन ८ गते देखि ११ गतेसम्म गाउँपालिकाका ४ वटा स्वास्थ चौकीमा संचालन भएको आँखा शिविरमा ६ सय ४२ जनाले आँखा चेकजाँचको सेवा पाएका छन् ।

जस मध्ये ४८ जना महिला ३२ जना पुरुष गरी जम्मा ८० जनामा मोतिविन्दुको समस्या देखा परेको छ भने १ सय १५ जनाको दृष्टि दोष देखा परेको र (चस्मा लगाउनु पर्ने) देखीएको हुँदा चस्मा वितरण गरिएको स्वास्थ शाखा प्रमुख देविचन्द्र थापाले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

आँखा जाँच गराएका अरुमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने समस्या देखिएकाले यस्ता बिरामीहरुलाइ निशुल्क औषधी वितरण गरिएको उनले बताए ।

मोतियाबिन्दु भएका बिरामीहरुको चैत्र दोस्रोहप्ताबाट वृहत एकीकृत शल्यक्रिया शिविर गराइने छ ।
आर्थिक आभावका कारण दृष्टिविहिन हुन पर्ने अवस्थाको अन्त्य गर्नेका लागि मष्टा गाउँपालिकाले उक्त शिविरको आयोजना गरेको गाउँपालिका प्रमुख ज्ञान बहादुर बोहराले बताएका छन् । गाउँघरमै निःशुल्क शिविर सन्चालन गर्दा स्थानीयहरु हर्सित भएका छन् ।

गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राबिधिक सहयोगमा संचालन भएको निशुल्क मोतिबिन्दु आँखा शिविर ४ दिनसम्म चलेको थियो।