आस्था भट्ट-
भारीकी भरिया भएकी मेरी आमालाई नयाँ फरिया किनिदिने रहर छ,
आफ्नो भन्नु को नै छ र यहाँ घरै घरहरुको सहर छ ।
बाबाका ती मैला हातमा दिन सकूँ साथ म,
आमाका बुढेसकालका गिजाहरुमा हाल्न सकु दाँत म ।


आफूले नखाई नलाई मलाई खुवाइदिने बा को,
आमाको झन् कुरै छोडौं छैन उनले खा को ।
जिम्मेवारी ले बाल्यकालमा आफै आफ्ना बा बन्न बाध्य मेरा बालाई,
खुसीको संसार देखाउन सकूँ म जसले जीवन दियो मलाई ।
मेरा निम्ति नयाँ नाना अनि मिठो खाना छैन उनले खाको,
बचपनदेखि कहिल्यै सुख छैन उनले पाको ।
बाबाका ती फुटेका पैताला अनि फुलेका केश देख्दा,
भित्री मन साह्रै रुन्छ सम्झी एक्लै बस्दा ।।


















