खाेज्नुहाेस

चलचित्र पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन

Image

धनगढी – चलचित्र पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रतिनिधित्व हुनेगरी कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन् । शुक्रबार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।

navjiwan hospital

पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश वडू र गिरिजा पनेरु रहेका छन् । उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सुदूरपश्चिमको चलचित्र लगायत भाषा, कला, संस्कृतिको विकासमा समिति कोशेढुंगा सावित हुने बताए ।

attariya hospital

हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न चलचित्रको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले भने,‘यसको थप प्रचार प्रसार गर्न चलचित्र पत्रकार संघ नेपाल क्रियाशील रहनु पर्छ ।’ कार्यक्रममा विशिष्ठ अतिथि रहेका नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले कला संस्कृतिको विकासमा चलचित्र पत्रकार संघको भूमिका महत्वपूर्ण रहनेमा जोड दिँदै महासंघ सहकार्य गर्दै अगाडि बढ्ने बताए ।