खाेज्नुहाेस

गोदावरीमा आधा भन्दा बढी किसानले पाल्छन् बाख्रा 

Image
file photo


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आधा भन्दा बढी किसानहरूले बाख्रा पाल्ने गरेका छन । राष्ट्रिय कृषि गणना २०७८ अनुसार गोदावरीमा १३ हजार १ सय ४२ कृषि परिवार रहेका छन । जसमा ७ हजार १३ परिवारले बाख्रा पाल्दै आएका छन । ति किसानले ३२ हजार ५५ बाख्रा/च्याङ्ग्रा पालेका छन । 

गोदावरीमा ११ हजार १८२ किसानले पशुपालन गर्दै आएकोमा गाई गोरु पाल्ने किसानको संख्या ५ हजार ५९९ रहेको छ । ति किसानले १४ हजार ४९५ गाई गोरु पालेका छन । 

attariya hospital
navjiwan hospital

गोदावरीमा सुगुँर पाल्ने किसानको संख्या १ हजार ९०८ रहेको छ । ति किसानले ५ हजार २२९ सुगुँर पालेका छन । गोदावरीमा कुखुरा पाल्ने किसानको संख्या ४ हजार ६६७ रहेको छ । ति किसानले २ लाख १३ हजार ९९४ कुखुरा पालेका छन । 

राष्ट्रिय जनगणना अनुसार गोदावरीमा २१ हजार २५० परिवार रहेका छन । जसको जनसंख्या ९८ हजार ७४६ रहेको छ ।

कैलालीमा सबैभन्दा बढी कृषि परिवार धनगढी उपमहानगरपालिकामा रहेका छन । धनगढीमा २० हजार ४ कृषक परिवार रहेका छन । त्यस्तै घोडाघोडीमा १४ हजार ३२, लम्कीचुहामा १२ हजार ४९५, गौरीगंगामा १० हजार ८४१, टीकापुरमा ९ हजार ४६७, भजनीमा ८ हजार ९७७, कैलारीमा ८ हजार ८३७, जानकीमा ८ हजार ४३१, जोशिपुरमा ६ हजार ५४४, बर्दगोरीयामा ५ हजार ५ सय र चुरेमा ३ हजार ९३७ कृषक परिवार रहेको राष्ट्रिय कृषि गणनामा उल्लेख छ ।