खाेज्नुहाेस

इजरायलमा हमासको आक्रमण : कम्तीमा २३२ को मृत्यु, १६ सय घाइते

Image

इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको छ। दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

navjiwan hospital

शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ। विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन्।

attariya hospital

आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन्। घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ। हमासले ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ।