खाेज्नुहाेस

दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धनका  लागि सामाजिक परीक्षण 

Image
धनगढी – दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा सामाजिक परीक्षण कार्यक्रम भएको छ । दलित महिला संघ, कैलालीको आयोजनामा भएको कार्यक्रममा परियोजना सम्बन्धी गतिविधि, उपलब्धि तथा चुनौतीहरूबारे  छलफल गरिएको थियो ।
attariya hospital
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला कुमारी रानाले संघसंस्थाहरुको अध्ययन, निचोडले स्थानीय सरकारलाई कार्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास गरे। धनगढी उपमहानगरपालिकाले दलित समुदायका बालबालिकाहरूको शिक्षा लगायतका क्षेत्रमा नीति तथा कार्यक्रममा समावेश गर्दै आएको बताए ।
छलफलमा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले संस्थाले दलित समुदायको उत्थानका लागि गरेका कार्यहरू प्रशंसायोग्य रहेको बताए ।
navjiwan hospital
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मान बहादुर कार्कीले मानव अधिकार हनन र सामाजिक विभेदमा सबैभन्दा बढी दलित समुदायले पीडामा पर्ने गरेको बताए । उनले विभेद न्यूनीकरणका लागि सङ्घसंस्था र राज्यका निकायहरूबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
सो अवसरमा अधिवक्ता पुष्प विक्रम शाहीले संस्थाको सामाजिक प्रशिक्षण सम्बन्धी प्रस्तुति राखेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा, महिला समूह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फाउन्डेसन फर जस्ट सोसाईटीको सहयोगमा सञ्चालित कार्यक्रममा यस्ता कार्यक्रमहरूले समुदायमा सचेतना अभिवृद्धिका साथै लक्षित समुदायको हक अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।