धनगढी – कैलालीको टीकापुरमा डोजर चलेको छ । टीकापुर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्ती तथा संरचना हटाउन डोजर चलाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले नगर क्षेत्रमा अतिक्रमित भएका जग्गाहरू हटाउने अभियान सुरु गरिएको बताए ।

उनले आज टीकापुर नगरपालिका– १ स्थित जमरा पुल क्षेत्रबाट बसपार्कसम्म अतिक्रमण गरिएका संरचना हटाइरहेको बताए ।
टीकापुरमा कयौं क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ । सरकारी जग्गा खाली गराउनका लागि अहिले वडावडामा तथ्यांक संकलनको काम पनि गरिरहेको नगरपालिकाले जनाएको छ ।

















