खाेज्नुहाेस

हमासको आक्रमणमा परेर इजरेलमा नेपालीहरू घाइते

Image
हमास विद्रोहीको आक्रमणमा परी आगो लागेको कार । तस्बिर : एपी/रासस

बीबीसी – प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

attariya hospital

त्यस क्रममा हालसम्म ४० जना इजरेली र केही प्यालेस्टिनीहरू मारिएको खबर आएको छ।

इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।

navjiwan hospital

इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताए।

उनले भने, “हामी त्यो विवरण सही हो कि होइन र नेपालीको अवस्था के कस्तो छ भनेर बुझिरहेका छौँ। स्थिति अझै सामान्य नभएकाले यकिन कुराहरू आइसकेको छैन।”

कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका छन्।

त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर “स्रोतहरू सीमित भएकाले” पुष्टि गर्न नसकेको जानकारी दिएको छ।

इजरेलमा नेपालीहरू घाइते भएको र बन्धक बनाइएको भन्ने विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका बीबीसीले थाहा पाएको छ।

उक्त बैठकपछि मन्त्रालयले आधिकारिक विवरण र जानकारी सार्वजिन गर्ने अपेक्षा गरिएको छ।

विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरेलबीच भएको सरकार-सरकारबीच भएको सम्झौता अनुसार कृषि क्षेत्रमा काम गर्न गएका नेपालीहरू हुन्।

त्यहाँ अहिले करिब दुई हजार नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बताइएको छ। नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्।