खाेज्नुहाेस

मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु 

Image

एजेन्सी – मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्। मृत्यु हुनेमध्ये अधिकांश , रहेको समेत अधिकारीले खुलाएका छन्।

navjiwan hospital

दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिनुभयो। दुर्घटनामा घाइते २७ जनालार्ई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्याइएको छ।

attariya hospital

अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका– कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ।

स्थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ। गत आइतबार एक बच्चासहित कम्तीमा १० जना क्युवाली आप्रवासीको मृत्यु भएपछि पछि दुर्घटना भएको हो। क्युवालीहरू यात्रा गरिरहेको ट्रक दक्षिणी मेक्सिकोमा पल्टिएको थियो।