खाेज्नुहाेस

अत्तरियामा सालका रुख सुकाउदै वन अतिक्रमण

Image

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा वन अतिक्रमण गर्न सालका रुख सुकाउने गरिएको छ । हरीया रुख काट्न नपाइने भएकाले रुख सुकाएर अतिक्रमण गर्ने गरिएको हो । बजार क्षेत्र संग जोडिएको वनहरुमा पुराना सालका रुख सुकाउन रुखको फेटमा रिङ काट्ने र किला हान्ने गरिएको छ । यसरी रुख सुकाएपछि सो क्षेत्रमा बस्ती बसाउने, विभिन्न संघ सस्थाका नाममा भवन बनाउने, खेल मैदान बनाउने गरिएको छ ।

यसरी रुख सुकाएर विस्तार गरिएको बस्ती हाल रुखकै जोखिममा समेत परेका छन । सालका रुख बस्ती विस्तार र भवन निर्माणका लागि मात्रै नभएर मन्दिरका नाममा समेत सुकाउने गरेको पाइएको छ । अत्तरियाको पुर्व रोडमा रहेको शिव मन्दिरमा सालको रुख सुकाउन रुखको चारैतिर किला ठोकिएको छ । पुरानो सालको रुख सुकाउन कसले किला ठोकेको हो भन्ने बारेमा भने मन्दिरका पुजारीले नै अनविज्ञता प्रकट गरेका छन् ।

attariya hospital

पुजारी कालिनाथ योगीले मन्दिर परिसरमा रहेको शालको रुख सुकाउन कसले किला ठोक्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए । उनले जसले किला ठोकेपछि रुख सुकाउने उद्देश्य नै रहेको बताए । सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले रुख सुकाउन रुखको बोक्रा निकाल्ने गरिएको भएपनि किला ठोकेको बारेमा आफूलाई जानकारी नभएको बताए ।

navjiwan hospital

‘रुखको चारैतिक किला ठेक्नुको उद्देश्य रुख सुकाउने नै हो’ उनले भने ‘बोक्रा निकालेपछि देखिने भएकाले रुख सुकाउन यस्तो उपाय अपनाएका होलान ।’
एनफेकोफन कैलालीकी अध्यक्ष लक्ष्मी भण्डारीले अत्तरिया बजार संग जोडिएको सुरक्षा सामुदायीक वनमा मात्रै सालका २ सय ४ रुख सुकेको बताइन् । सुकुम्बासी बस्ती बसेको क्षेत्रका सबै रुख सुकेको उनले बताइन् । यस्तै अत्तरिया धनगढी रोड संग जोडिएको वस्तीमा पनि ५४ वटा सालका रुख सुकेका छन । अत्तरियाको पहाड रोडको किनारामा पनि दर्जनौको संख्यामा सुकेका रुख रहेका छन ।

सुरक्षा सामुदायिक वनकी अध्यक्ष समेत रहेकी भण्डारीले सुकेका रुख यस बर्ष काट्ने प्रक्रिया अगाडी बढेको बताइन् । उक्त रुख प्राकृतिक रुपमा भन्दा पनि मानिसहरुले नै सुकाएको वनकर्मीहरुको दावी छ । ‘रुखको जरामा पानी जम्मा गरेर, रुखको फेटमा रिङ काटेर यी रुख सुकाइएका हुन’ एक स्थानीयले भने ‘हरीको वन भित्र अतिक्रमण गरेर बस्न नमिल्ने भएकाले रुख सुकाइएका छन ।’

रुख सुकेपनि काट्ने अनुमति नपाइदा भने रुख कुहिन थालेका छन । सुदूरपश्चिम सरकारको प्रदेश आर्थिक ऐन कार्यान्वयनमा नआउँदा हाल सुकेका रुख काट्न नसकिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कडालले बताए ।

उनले प्रदेशको आर्थिक ऐन २०८० कार्यान्वयमा आएपछि प्रदेशबाटै अनुमति लिएर रुख काट्न मिल्ने बताए । प्रदेश ऐनमा सामुदायिक वनले वन पैदावार बाह्य विक्री वितरण गर्दा ४० प्रतिशत शुल्कको रुपमा कर लगाउने व्यवस्था गरिएपछि त्यसको वनहरुले चर्को विरोध गरिरहेका छन । जसका कारण हाल सामुदायिक वनहरुमा सुकेका रुख काट्न र काटिएका रुख विक्री गर्ने काम रोकिएको छ ।