खाेज्नुहाेस

बझाङमा भूकम्पको क्षतिबारे नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

Image

काठमाडौं – सुदूरपश्चिमका नेताहरुले बझाङमा गएको भूकम्पबाट भएको क्षति विवरण तथा राहत उद्दार व्यवस्थापनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बझाङमा भूकम्प क्षतिबारे प्रधानमन्त्री प्रचण्डलाई बिफ्रिङ पनि गरेका हुन् ।

बझाङका सांसद भानुभक्त जोशीको टोलीले प्रधानमन्त्रीलाई बझाङमा भूकम्पपछिको अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराएका थिए । उक्त टोलीमा अछामबाट निर्वाचित प्रतिनिधि सभा सदस्यद्वय शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर सहभागी थिए ।

attariya hospital

त्यस्तै, टोलीमा संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै कांग्रेस नेताहरु नन्दकृष्ण जोशी र रमेशबहादुर भण्डारी, माओवादी केन्द्रका सुदूरपश्चिम काठमाडौं इन्चार्ज पदम जोशी, कांग्रेस नेता पुष्कलबहादुर बोहरा, नेकपा एकीकृत समाजवादीका नेता दीपक बहादुर बोहरा, कांग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका बीरबहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो ।

navjiwan hospital

नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौला समेत उक्त टोलीमा थिए । प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफू स्थलगत निरीक्षणमा जाने र १८ गते नै राहत उद्धारका लागि बैठक डाकिएको जानकारी गराएको कांग्रेसका केन्द्रीय सदस्य महरले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष अवलोकन गरि राहत, उद्दार र पुननिर्माणमा कुनै कसर बाँकि नराख्ने वचन दिएको नेता महरले बताए । मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ ।

रातोपाटीबाट