खाेज्नुहाेस

थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक (भिडियो)

Image

गायक सुनिल दवाडी र बिषाखा शाहीको स्वर रहेको र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

attariya hospital
navjiwan hospital

फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।

इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झारिदिन्छु, आफ्नै बाटो, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।