खाेज्नुहाेस

कांग्रेस सुदूरपश्चिमले बोलायो संसदीय दलको बैठक

Image

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले बताइन् ।

navjiwan hospital

‘एमालेले समर्थन फिर्ता लिएपछि हामी स्पष्ट रूपमा अल्पमतमा परेको कुरा सबैलाई थाहै छ,’ खड्काले भनिन्, ‘त्यसै विषयमा परामर्श गर्न मुख्यमन्त्रीज्यूले दलको बैठक बोलाउनुभएको हो ।’ शाह अल्पमतमा परेको २९ औँ दिनमा कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

attariya hospital

पहिले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले सोझै प्रदेश प्रमुखलाई राजीनामा दिने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

मुख्यमन्त्री शाहले राजीनामा दिए लगत्तै नयाँ सरकार गठनको बाटो खुल्नेछ । पाँचौँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने विषयमा केन्द्रमा नेकपा र एमालेले सहमति जनाइसकेका छन् ।