खाेज्नुहाेस

कैलालीमा मापदण्ड विपरीत पाँच अस्पताल सञ्चालन

Image

धनगढी – कैलालीमा मापदण्ड विपरीत अस्पताल सञ्चालन भएको पाइएको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा धनगढी र अत्तरियामा रहेका पाँच अस्पताल कानुनी मापदण्ड पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाइएको हो ।

navjiwan hospital

अनुगमनका क्रममा अत्तरियास्थित दोगडा सामुदायिक अस्पतालले इजाजत पत्र नवीकरण नगरी सेवा दिइरहेको, पद्यमा अस्पतालले इजाजतबिना प्रयोगशाला सञ्चालन गरिरहेको र अत्तरिया हस्पिटलले आवश्यक स्वीकृतिबिना कार्डियाक क्याथेटराइजेसन (क्याथ ल्याब) सेवा सञ्चालन गरिरहेको पाइएको छ । यस्तै, धनगढीस्थित नोभा हस्पिटलले मापदण्ड नपुगी आइसियु सेवा र केजी अस्पतालले यूरोलोजी सेवा सञ्चालन गरेको पाइएको हो ।

attariya hospital

कैलालीमा जनस्वास्थ्य ऐन र नियमावली तथा विद्यमान स्वास्थ्य सम्बन्धी सरकारले तयार गरेको मापदण्डको उल्लङ्घन गरेर स्वास्थ्य संस्थाहरूले इजाजत नै नलिई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको पाइएपछि उपभोक्तामा संशय उत्पन्न भएको छ ।