खाेज्नुहाेस

यमनको राजधानीमा विस्फोट

Image
file photo

एजेन्सी – हुथी नियन्त्रित यमनको राजधानी सानास्थित एउटा ग्यास स्टेसनमा आइतबार राति विस्फोट भएको छ । विस्फोटका कारण आगलागी भएको बताइएको छ ।

navjiwan hospital

राजधानीको उत्तरपूर्वी भागस्थित अल खुराफी सैन्य शिविरको अगाडि रहेको मुजाफर ग्यास स्टेसनमा विस्फोट भएको हो । हुथी सैनिकले सो क्षेत्रलाई घेरा हालेका थिए ।

attariya hospital

विस्फोटको आवाज पूरा सहरमा सुनिएको प्रत्यक्षदर्शीले बताए । त्यसपछि लागेको आगो पूरा सहरबाट देखिएको थियो ।  विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने हुथी समूहले जनाएको छ । आगोबाट बच्न स्थानीयले आफ्नो घर खाली गरेका थिए ।
सिन्ह्वा÷न्युज एजेन्सी नेपाल