खाेज्नुहाेस

मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु

Image

चिली– दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको छ ।  रेलले मिनिबसलाई केही मिटरसम्म घिसारेर लगेको थियो, जुन दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

navjiwan hospital

चिलीको राजधानीबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको सान पेड्रो डे ला पाज सहर नजिकै रेलवे क्रसिङमा उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

attariya hospital

प्रहरी अधिकारीले मिनिबसमा १४ जना यात्रु सवार थिए जसमध्ये सात जनाको दुर्घटनामा मृत्यु भएको बताए । अन्य सात जना घाइते भएका छन्, जसमध्ये पाँचको अवस्था गम्भीर छ ।

चिलीको राज्य रेलवे कम्पनीले एक विज्ञप्तिमा मिनीबस रेलवे क्रसिङ पार गर्ने क्रममा दुर्घटना भएको जनाएको छ। दुर्घटना पछि रेलवे क्रसिङको सुरक्षाको समीक्षा गरिएको छ ।