
भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शुक्रबार चन्द्रयान–३ बाट पठाएको चन्द्रमाको पछिल्लो तस्विर सार्वजनिक गरेको छ । यी तस्बिरहरू हिजो अर्थात बिहीबार नै आफ्नो प्रोपल्सन प्रणालीबाट अलग भएको चन्द्रयान–३ को ल्यान्डरले खिचेका हुन् ।
अब चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहतर्फ जान थालेको छ र आगामी दिनमा यो बिस्तारै चन्द्रमामा अवतरण हुनेछ । चन्द्रयान-३ बाट पठाइएका यी तस्विरहरूमा चन्द्रमाको सतहमा गहिरो खाडलहरू देखिन्छन्, जसलाई क्रेटर भनिन्छ। यी तस्बिरहरू गत अगस्ट १५ मा खिचिएका हुन्।



















