खाेज्नुहाेस

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

Image

धनगढी – कैलाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बमको मृत्यु भएको हो ।

navjiwan hospital

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

attariya hospital

प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।