खाेज्नुहाेस

बडिमालिका मन्दिर जाँदा बाटोमै बेहोस भएका लेखा अधिकृतको निधन

Image

धनगढी– बडीमालिका मन्दिर दर्शन गर्न गएका एक जना लेखा अधिकृतको निधन भएको छ । सहकर्मीसँगै बडीमालिका दर्शन गर्न गएका भैरहवा घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो ।

navjiwan hospital

लेखा अधिकृत पन्थी शनिबार बेलुका साढे ५ बजेतिर बाजुरा बडिमालीका नगरपालिका– ८ स्थित खारेको जंगलमा पुग्दा एक्कासि बेहोस भएका थिए । साथमा रहेका अन्य तीन जना सहकर्मीले उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मार्तडी पु¥याएका थिए । त्यहाँ पु¥याउनासाथ चेकजाँच पछि चिकित्सकले पन्थीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

attariya hospital

बडिमालीका मन्दिर दर्शनका लागि पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका– ७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उपसचिव ३४ वर्षीय शिवहरी न्यौपाने, ओखलढुंगाको लिखु गाउँपालिका – ९ घर भइ सोही कार्यालयमा कार्यरत शाखा अधिकृत ३२ वर्षीय जीवन घिमिरे, पर्वत मोदी गाउँपालिका– ५ घर भई सोही कार्यालयमा कार्यरत लेखापाल ३५ वर्षीय उमेश शर्मा साथमा थिए ।