अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – ११ मा ओलानी यातायात प्रा.लिको कार्यालय उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर १०, ११ र १२ बाट अत्तरिया सम्म सञ्चालन हुँदै आएका अटोहरु संगठित गरी यातायात कार्यालय सञ्चालमा ल्याईएको हो ।

सो कार्यालयको आईतबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उद्घाटन गरीन । उद्घाटन पश्चात बोल्दै उनले ओलानीबाट सञ्चालन हुदै आएका अटोहरुका कारण स्थानियहरुले एकदमै सहज महसुस गर्ने गरेको बताईन । उनले अटोहरुले दिनरात नभनीकन बिरामी ओसारपसार गरी एम्बुलेन्सको कामसमेत गर्ने गरेको बताईन । उनले नगरपालिकाले पनि आफ्नो क्षमता अनुसार ओलानी यातायात प्रा.लि.लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा ओलानी यातायात प्रा.लिका अध्यक्ष राजकुमार बिकले ओलानी क्षेत्रका सबै अटो चालकहरू संगठित भएको बताए । उनले समितिले निर्धारण गरेको भाडादर लागू गर्न सबै अटो चालकलाई आग्रह गरे । तिन ओटै वडाबाट अत्तरिया आउने अटोका चालकहरु प्रा.लि. मा आवद्ध भएका छन् ।

















