अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले एक बर्षको अवधिमा लागु औषध सहित ८४ जनालाई पक्राउ गरेको छ । आर्थीक बर्ष २०७९/८० मा इप्रका मालाखेतीले ६ महिला सहित ८४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन ५३ ग्राम २५० मिलिग्राम, चरेश १७ किलोग्राम २ सय ग्राम, नाइट्रोभेट ४१ ट्याब्लेट, स्पास्मो ७४ ट्याब्लेट, ट्रामोडेल ८ ट्याब्लेट, प्रेगा ४० ट्याबलेट बरामग गरिएको इप्रका मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिएका छन ।
उनले व्यक्तिगत र समुहमा पक्राउ परेका ८४ जनामाथि ५४ वटा मुद्धा दर्ता गरिएको बताएका छन । जसमध्ये ४५ मुद्दा फर्छौट भएको र ९ मुद्दा फर्छौट हुन बाकी रहेको उनले बताए । डिएसपी बरालले यस क्षेत्रमा लागुऔषध दुव्र्यसनी र कारोबार बढी हुने गरेकाले त्यसको रोकथामका लागि प्रहरी सक्रिय भएर लागेको बताए । उनले सामुदाय प्रहरी साझेदारी अन्तरगत यस क्षेत्रमा स्कुल, कलेज, युवा क्लव, आमा समुह, बैंक, गाउँटोल, समुदाय संग समन्वय गरी सचेतना मुलक कार्यक्रम संचालन गरिएको बताए ।

इप्रका मालाखेतीले गत आर्थिक बर्षमा मात्रै ३८ वटा सचेतना मुलक कार्यक्रम संचालन गरिएको बताए । जसबाट २५ हजार जना लाभान्वित भएको प्रहरीको दावी छ । प्रहरीले लागु औषध संगै बालविवाह, बहुविवाह, घरेलु हिंसा, सवारी दुर्घटना न्यूनिकरणका लागि पनि राजमार्गमा होर्डिङ बोर्ड संगै करिब २० हजार पर्चा पम्पलेट वितरण गरेको जनाएको छ ।
आत्महत्याको डरलाग्दो तथ्याङ्क

इप्रका मालातीमा मात्रै गत आर्थिक बर्षमा ४८ जनाले आत्महत्या गरेको मुद्दा दर्ता भएका छन । जसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ३९ रहेको छ भने बिष सेवन गरेर आत्महत्या गर्नेको संख्या ९ रहेको छ ।
आत्महत्याका ३ वटा घटनामा आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको डिएसपी बरालले बताएका छन । उनले आत्महत्या दुरुत्साहन मुद्धामा ४ पुरुष र १ महिला पक्राउ परेको बताए । उनले आत्महत्याका घटनापनि बढी देखिएकाले यसको रोकथामका लागि सबै सरोकारवाला निकाय लाग्न आवश्यक भएको बताए ।
३५० मुद्दा दर्ता
आर्थीक बर्ष २०७९/८० मा इप्रका मालाखेतीमा लागुऔषध, आत्महत्या संगै अन्य कसुरका गरी ३५० मुद्दा गर्दा भएका छन । जसमध्ये २३५ मुद्धा फर्छौट भएका छन भने ११५ मुद्दा फर्चौट हुन बाकी रहेका छन । दर्ता भएका ३५० मुद्दामा ३१४ पुरुष र ४७ महिला पक्राउ परेको डिएसपी बरालले बताए । उक्त मुद्दामा जोडिएका १८ जना भने अझै फरार रहेका छन ।
गत आर्थिक बर्षमा कर्तव्य ज्यानका २, भवितव्य ज्यानका १९, फुटकर ज्यानका ११, डाका चारीका १, साधारण चोरीका २२, जुवाका र ठगीका २÷२, अभद्र व्यवहारका ८३, वहुविवाहका ९, बालविवाहका २ मुद्धा दर्ता भएको डिएपी बरालले बताएका छन ।
यस्तै सो अवधिमा जवरजस्ती कारणीका २३, जवरजस्ती करणी उद्योगका ८, सवारी ज्यानका १८, सवारी अंगभंगका १, सवारीबाट भवितव्य ७, मानव वेचविखन १, बैंकिङ कसुरका ३० र हातहतियारका ४ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

















