धनगढी – बाजुरामा चट्याङ परेर चार भैँसी मरेका छन् । चट्याङबाट बडिमालीका नगरपालिका–७ जिल्ली मलियासैन लेकमा चार भैँसी मरेका हुन् ।

शुक्रबार राति परेको चट्याङबाट पृथूराज जोशी, सहदेव खत्री, प्रेम खत्री र गोरे पाध्याको एकएक भैँसी मरेको प्रहरीले जनाएको छ ।

चट्याङबाट खडकराज जैशीको गाई घाईते भएको छ । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



















