खाेज्नुहाेस

बदलिएका चक्र बम

Image

अत्तरिया – गायक चक्र बमले आफ्नो जिवनको करिब एक दशक समय देउडामै बिताइसकेका छन् । देउडाको भूमि सुदूरपश्चिममा जन्मिएका चक्र बम सानै देखि गायक बन्ने सपना देख्थे ।

जसका लागि उनी यसै क्षेत्रको देउडा गाएर आफ्नो सपना साकार पार्न कस्सिए । तर, सुरुवात उनले सोचेजस्तो भएन् । यस क्षेत्रको देउडा गाउने हेपिएको उनले महशुस गरे । देउडाकै भूमिमा अन्य गित गाउनेले १ लाख पारश्रमिक पाउने तर, देउडा गाउँनेले २ हजार खाममा पाउने विभेदले उनको मन पोल्यो ।

attariya hospital

अनी सुरु भयो उनको देउडा बिगार्ने यात्रा !

चर्चाका लागि उनी देउडामा फ्युजन शैली मिसाउन थाले । त्यसलाई आलोचकले देउडा विगारेको आरोप लगाए । जसमा उनले सुदूरपश्चिमका शब्द मिसाए । जसमा आलोचकले आरोप लगाउने उश्रृङ्खल शब्द पनि थिए । तर, उनको त्यसो गर्नुको उद्देश्य पछिल्लो पुस्ताको मन जित्नु थियो । त्यसका लागि उनले शुदूरपश्चिमका शब्द प्रयोग गर्दै देउडामा फ्युजन गर्न थाले । जसमा उनी सफल पनी भए । चर्चा पनि पाए ।

‘पुर्वमा चलेको गायक पश्चिमका मेला महोत्सवमा आउँदा १ लाख परिश्रमीक पाउने तर, यस क्षेत्रको देउडा गाउँने गायकले भने मञ्च नै नपाउने अवस्था थियो’ बम भन्छन् ‘त्यसैले मैले यस क्षेत्रको देउडा गित नगाएपनि, यसै क्षेत्रको शब्दलाई जोडेर राष्ट्रिय स्तरमा पुगाउने प्रयास गरे । जसमा म सफल भए ।’

जसका कारण अहिले उनलाई देउडा विगारेको भन्नेहरुले पनि सपा-यो भन्न थालिसकेका छन् । ‘पहिले म बाचेपछि अनी मैले यो मेरो भाषा छ है यो मेरो बोली छ है भन्न मिल्दो रहेछ । नत्र कसैले पनि नसुन्दा रहेछन’ उनले भने ‘त्यसका लागि पनि बिभिन्न प्रकारका गित बनाउनु पर्दो रहेछ । अहिले मैले बनाएका कतिपय गित त म आफै पनि सुन्न सक्दैन् । कम उमेरमा बनाएका गित अहिले हेर्नै सक्दैन् । लाज लाग्छ । सिक्दै गए । यहा सम्म पुगे ।’

सुदूरपश्चिमको शब्द र देउडाको लयबाट चर्चाका कमाएका बम अहिले आफूलाई मात्रै होइन् यस क्षेत्रको भाषा र देउडालाई देश विदेशमा चिनाउन सफल भएका छन् । उनी सुदूरपश्चिममा मात्रै नभएर देउडाकै धरातलमा टेकेर पनि देश विदेशमा मञ्च पाउने हैसियत बनाएका छन् ।

navjiwan hospital

कुनै समय रोजगारीका लागि खाडी जाने सपना बोकेका उनी अहिले मञ्चका प्रमुख गायक बनेर विदेश यात्रा गरिरहेका छन ।

‘म रोजगारीका लागि दुबई जाने योजना बनाएको थिए । तर, देउडा गएर पहिलो पटक म दुबई पुगे । लगतै कोरीया पुगे । कोरीया जाने सपना बुनेर म इपिएसको तयारी गरेको थिए । तर, म परीक्षामा फेल भएको थिए’ उनले भने ‘त्यहाँ म संगै पढेका साथी भेटे । संगै पढेका साथिहरुले आचर्य माने त, त परीक्षामा पास नभएर पनि गित गाएरै कोरीया पुगिस् भने ।’

बदल्ने र बदलिने यात्रामा…

देउडा गाएर होस् वा बिगारेर उनको १ दशक यात्रा देउडामै बितिसकेको छ । उनी अब यसको समिक्षा गर्न थालेका छन । उनी केही बर्ष चर्चा कमाएर हराउन चाहदैनन् । उनी प्रश्न गर्छन : मैले यसै क्षेत्रको देउडा गाएर, यसै क्षेत्रको भाका गाएर देश, विदेश पुगे तर, यस क्षेत्रको देउडाले किन अझै स्थान पाउँदैन ?

उनी अब देउडाले दिएको नाम, दामको सावा व्याज तिर्न चाहन्छन । जसका लागि उनी आफू मात्रै नभएर देउडा बचाउने र चिनाउने अभियानमा जुट्न थालेका छन ।

‘अहिले सुदूरपश्चिमका ९ जिल्ला हेर्छु यहाँको भाषा सस्कृति हेर्छु मैले त केही पनि गर्न सकेको रहेनछु जस्तो लाग्छ । एउटा आफूमुखि काम मात्रै गरेको रहेछु’ उनी भन्छन ‘देश विदेशमा देउडा चिनायो । यो हाम्रो रोल मोडल हो भने तर, चर्चामा आएपछि गरिएको त्यस्तो तारिफ मलाई अपाच्य भएको छ ।’

उनी आफू चलेकै समयमा देउडालाई चम्काउन चाहेको बताउन्छन । उनले भने ‘म सफल भए हुला तर, मलाई यो कुराले अझै पनि पिरोल्छ । अब म चलेकै समयमा साचै देउडा बचाउने अभियानमा जोडिएको छु ।’

उनी अब वास्तविक यहाँको संस्कृतिका लागि काम गर्नुपर्ने समय आएको बताउन्छन् । ‘म आफू चलिरहेको बेला गित गाउँने आफ्नो दुनो सोझाउने । २/४ बर्ष पछि अर्को आएपछि हराउन चाहन्न । त्यसैले आफू चल्दैमा आफ्नो क्षेत्रको काम गरिसक्नुपर्छ’ उनले भने ‘जसका लागि हामीले अहिले जन्मभूमि मञ्च बनाएका छौ । जसले देउडा र देउडामा लागेकालाई सधैका लागि बचाउने छ ।’