अत्तरिया – कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले अवैध रुपमा राखिएका मदिराहरु बरामद गरी नष्ट गरेको छ ।

गोदावरी नगरपालिका वडा नं. १ का विभिन्न स्थानहरुबाट बरामद गरिएका करिब ९० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको हो ।

सोमबार वडाध्यक्ष गोपाल दत्त भट्ट, वडासदस्य चेतराज पन्त, स्थानिय केशव बलायर, सुर्य खत्री तथा पत्रकार लगायतको रहोबरमा प्रहरीले कार्यालयकै उत्तरपट्टि उक्त मदिरा नष्ट गरेको छ ।
नष्ट गरिएका मदिराहरु वडा नं. १ को शिविर क्षेत्रबाट बरामद गरिएको र आगामी दिनहरुमा पनि अवैध मदिराहरु नियन्त्रण गर्ने कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मालाखेती ले जनाएको छ ।


















