खाेज्नुहाेस

खप्तडको काखमा विशाल ढुंगाको मूर्ति निर्माण गरिदैं

Image

अछाम – साँफेबगर नगरपालिका–१२ का ७८ वर्षीय अर्जुनबहादुर राना खप्तडको काखमा विशाल ढुंगा काटेर शिवपार्वतीको मूर्ति बनाउने अभियानमा छन् । उनले २०७७ सालदेखी १४० मिटर गोलो र ४२ फिट अग्लो ढुंगालाई काटेर मूर्ति बनाउन थालेका हुन् ।

उनी भारत लगायतका ठाउँबाट कारिगर बोलाएर अभियानलाई सार्थकता दिने क्रममा छन् । ढुंगाको माथिल्लो भागमा भगवान शिवको आकृति तयार भैसकेको छ । उनले ढुंगाको जमिनसँग जोडिएको १० फिट बाहेक माथिल्लो भागलाई काटेर मूर्ति बनाइने बताए ।

attariya hospital

उनले ढुंगा काट्ने क्रममा दैनिक १ लाखको हाराहारीमा खर्च हुने बताए । ‘कारिगरलाई तिर्नुपर्ने ज्याला र औजारमा लाग्ने रकम धेरै खर्च भएको छ’ उनले भने–‘एकदिनको एक लाख जति खर्च हुन्छ ।’

navjiwan hospital

यो भूस्वर्गका नामले चिनिने खप्तड नजिकैको ठाउँ हो। यो ठाउँ भौगोलिक रुपमा अछामको साँफेबगर नगरपालिका वडा नं. १२ मा पर्छ। यो ठाउँको नाम नैनी हो । नयनीबाट अपभ्रंस हुँदै यो ठाउँको नाम नैनी हुन गएको बताइन्छ । किम्वदन्ती अनुसार भगवान शिवले पार्वतीको शव बोकेर हिँडेको बेला यहाँ नयन खसेको थियो ।

यो ठाउँ धार्मिक रुपमा पनि निकै पवित्र छ । यहाँ थुप्रै ठूल्ठूला ढुंगाहरु छन् । रानाका अनुसार ती ढुंगा ऋषीमूनि हुन् । भगवान शिवले पिछा गर्दै आएका ऋषीमूनिहरुलाई श्राप दिएपछि ढुंगा भएका हुन् ।

तिनै मध्येको एक विशाल ढुंगालाई रानाले शिवपार्वतीको मूर्ति बनाउने अभियान थालेका हुन्। उनले अभियान अन्र्तगत नैनीलाई धार्मिक पर्यटकीय स्थल बनाइने बताए । उनले नैनीमा थुप्रै मठमन्दिर र तालतलैया समेत निर्माण गरेका छन्। उनले अहिलेसम्म नैनीको विकासमा १ करोड ७५ लाख रुपैयाँ खर्च भैसकेको जानकारी दिए । उनका अनुसार त्यो मध्ये ४० लाख रुपैयाँ सरकारी स्तरबाट सहयोग भएको छ ।

उनले बाँकी १ करोड ३५ लाख रुपैयाँ आफंै खर्च गरेको बताए। उनले नैनीको विकासमा खर्च गर्दा आफूले धेरै सम्पत्ति बेचेको सुनाए ।

नागरिक दैनिकबाट