खाेज्नुहाेस

३३ बर्षकै उमेरमा माननीय

Image

अत्तरिया – युवाको खडेरी लागेको नेपाली राजनीतिमा गीता चौधरीलाई भने ३३ बर्षकै उमेरमा माननीय बन्ने सौभाग्य जुरेको छ । ठूला दलहरुमा पार्टीमा लामो समय योगदान गरेको आधारमा छनोट गर्ने परिपाटी रहेको भएपनि गीताले भने कांग्रेसको समानुपातिक कोटाबाट ३३ बर्षकै उमेरमा प्रदेशसभा सदस्य हुने अवसर पाएकी छिन् । उनको नाम कांग्रेसले शनिबार सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगमा पठाएको छ । कांग्रेसले ७ जना समानुपातिक सिट पाएकोमा ७ जना महिलाको नाम सिफारिस गरेको थियो । जसमा थारु कोटाबाट गिताको नाम सिफारिस भएको हो ।

सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षमा सबैभन्दा कान्छा निर्वाचित सांसद ३५ बर्षका रहेका छन् । त्यस्तै समानुपातिक सुचिमा सिफारिस सबैलाई निर्वाचन आयोगले योग्य घोषणा गरेमा गीता नै प्रदेश सभाकी सबैभन्दा कान्छि सांसद बन्ने छिन् ।

attariya hospital

कम उमेरमै संसद यात्रा तय गरेकी गीता राजनीतिमा मात्रै नभएर अध्ययनमा पनि अब्बल थिइन् । २०५२ सालदेखि महाकाली माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेकी उनी ९ सम्म कक्षामा प्रथम हुने गर्थिन् । कृष्णपुरमै रहेको कृष्ण उच्च माविबाट १२ कक्षा सम्मको अध्ययन गरेकी उनले एमए सम्मको अध्ययन गरेकी छिन् ।

navjiwan hospital

राजनीतिमा भने उनी आफ्नो बाजे र बुवाबाट प्रभावित भएर आवद्ध भएकी थिइन् । उनका बुवा नाथुराम चौधरी कांग्रेसबाटै २०५४ सालमा वडा अध्यक्ष निर्वाचित भएका थिए । ‘वुवा पनि राजनीतिमा हुनुहुन्थ्यो । यस क्षेत्रमा एनपी साउँद पनि आइरहनु हुन्थ्यो’ उनले भनीन् ‘वहाँ गाउँमा आउँदा मैले नै सघाउँदै आएकी थिए ।’ यसअघि २०७४ सालमा पनि प्रदेशसभा सदस्यकी उम्मेदवार बनेकी उनको संसदमा पुग्ने चाहना अधुरो रहेपनि यसपटक भने उनी सफल भएकी छिन् ।

अध्ययन संगै १६ बर्षको उमेर देखि नै शिक्षण पेशामा आवद्ध भएकी उनीसंग बिभिन्न सामाजिक संघ सस्थामा काम गरेको पनि अनुभव छ । उनी ३ वर्ष सिंहपुर सामुदायिक वनको कोषाध्यक्ष, २ बर्ष सचिव, विधुत सहकारिको सचिव, कंचनपुर सिचाई परियोजनाको कोषाध्यक्ष, सिंहपुर युवा क्लवको सचिव, कंचनपुरमा प्रधानमन्त्री धान जोनको सह–संयोजक लगायत विभिन्न महिला सहकारीमा पनि आवद्ध भइसकेकी छिन । हाल नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधी समेत रहेकी उनी गुलरिया बजारमा रहेको निमेष अस्पतालकी संचालिका पनि हुन् ।

आफू जन्मेको हुर्केको र विभिन्न समाजिक काम गरेको ठाउँबाट सांसद बन्ने अवसर पाएकोमा उनले खुसि व्यक्त गरिन् । ‘यही क्षेत्रमा जन्मेको, हुर्केको तथा विभिन्न सामाजिक काममा भिज्दै जादा सबै संग राम्रै सम्बन्ध भएको हुँदा आफु आवद्ध नेपाली कांग्रेस, सबै आमा–बुवा, दाजु–भाई, दिदि–बहिनी लगायत सम्पूर्णमा धन्यवाद दिन चाहन्छु’ उनले भनीन ‘आगामी दिनमा पनि यस्तै सहयोग पाउनेमा विश्वस्त छु ।’

उनले नेपाली कांग्रेस पार्टीले नै थारु, मधेसी, जनजाति, आदिबासी, महिला, दलित, मुश्लिम र सीमान्तकृत समदुाय लगायतको हक, अधिकारका मुद्दालाई सम्वोधन गर्ने बताइन् । उनले सांसद भएपछि आगामी दिनमा स्थानीय जनताहरुलाई स्थानीय स्तरदेखि प्रदेश हुँदै केन्द्र सम्म जोड्न एउटा बलियो पुलको रुपमा काम गर्ने बताईन् ।