धनकुटाको पाख्रिवास नगरपालिका – ९ मा बाबुले धारिलो हतियारले हानेर छोराको हत्या गरेका छन्। पाख्रीबासका ५४ वर्षे उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी ३० वर्षे छोरा सन्तोषको हत्या गरेका हुन्।

हत्या गरेर भागेका ठाडालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घरायसी विवाद हुँदा बाबुले धारिलो हतियार प्रहार गर्दा छोराको मृत्यु भएको थियो। घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन।


















