अत्तरिया – कैलालीको अत्तरियामा लापसे गरेर सवारी चलाउन ५ जना पक्राउ परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार अत्तरियामा ३२ जना सवारी चालकको लापसे परीक्षण गरेकोमा ५ जना लागू पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको हो ।

जिल्ला ट्राफिक प्रहरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्यले जनाले लागू पदार्थ सेवन गरि गाडि चलाएको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।

ना ५ ख ३०० नम्बर बसका चालक धनगढी– ७ पटेलाका रामकृष्ण चौधरी, सुपप्र ०१००१ ज ००३५ ईभी गाडी चालक बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का सुरेश बोहरा, सुपप्र ०१००१ च ३६३१ नम्बरको बोलेरो जिप चालक धनगढीका पहिलाद राना, सुपप्र२००१ ख १२८७ नम्बरको बस चालक कञ्चनपुरका महेश बहादुर चन्द र सुपप्र ०२००१ ख ११७९ नम्बरको बस चालक बैतडीको दोगडाकेदारका धिरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले उनीहरूलाई कानुनबमोजिम कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको छ ।



















