खाेज्नुहाेस

धनगढीका १० वर्षे बालकको हत्या आरोपका मुख्य अभियुक्त पक्राउ

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्या आरोपका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रहरीले हत्या आरोपका अभियुक्त गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायतलाई पक्राउ गरेको हो ।

navjiwan hospital

उनलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।

attariya hospital

उनलाई प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द नेतृत्वको टोलीले पक्राउ गरेको थियो । असार १० गते घरबाट बेपत्ता भएका बालक १२ असारमा हत्या गरेको अवस्थामा स्थानीय बालिका सामुदायिक वनभित्र मृत भेटिएका थिए ।

उनले कानमा लगाएको सुनको मुन्द्रा नभेटिएका कारण सोही लुट्ने उद्देश्यले हत्या गरिएको प्रहरीले आशंका छ । मुख्य अभियुक्त पक्राउ परिसकेकाले थप कुरा खुल्ने प्रहरीले बताएको छ । घटनाको अनुुसन्धानका लागि यसअघि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो तर उनीहरु हाल थुुनामुुक्त भइसकेका छन् ।