मलेसिया – सुदूरपश्चिमेलीहरुको महान चार्ड गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा जोहोर क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
सुदूरपश्चिमको कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागेको गौरा पर्व तथा सांस्कृतिकमा स्थानीय कलाकारहरुको साथमा मनाउन लागिएको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, जोहोरबारु क्षेत्रिय समितिका अध्यक्ष तिलक बहादुर चंन्दले बताए ।


सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा सहित गौरा पर्व तथा सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकाहरुको पनि प्रस्तुति रहने जनाइएको छ ।
जसअन्तरगत डान्सर साइली तामाङ, गायक चोलाकान्ता बि क, चर्चित मोडल एव डान्सर सिमा बिक, मोडल बिकास मगर, गायक भक्त बिश्वकर्मा, मोडल सुरज बि.क, गायक सुरेश हमाल, धर्मा साउँद ,मोहिनी मल्ल, ओम कला बि क लगायत एक दर्जन भन्दा धेरै स्थानीय कलाकारहरुको प्रस्तुति रहने क्षेत्रिय अध्यक्ष तिलक बहादुर चंन्दले बताएका छन ।
यस्ता सांस्कृतिक कार्यक्रमहरुले धार्मिक, आस्था, आपसी सद्भाव र मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुलाई एक शुत्रमा ल्याउन मद्दत पुग्ने सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का ’खप्तडी’ ले बताए ।
सांस्कृतिक कार्यक्रमको प्रायोजक मलेसियाको जोहोरबारु सेनाईमा रहेको बम ईन्टरप्राईजेजनका सन्चालक युवराज बमले गरेको आयोजकले जनाएको छ ।
सेप्टेम्बर ४ तारिख आयोजना गर्न लागेको गौरा पर्व तथा सांस्कृतिक जोहोरबारुको लार्किङ बस पार्क नजिकैमा रहेको होटल श्री मलेशियाको सभा हलमा स्थानीय समय अनुसार बिहान १० बजेबाट कार्यक्रम सञ्चालन हुनेछ ।

















