अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षकहरुको आन्तरिक सरुवा रोक्का गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आन्तरिक सरुवा सिफारिस रोक्का गरेको जनाएको हो ।

उपसचिव विष्णुदत्त भट्टद्धारा जारी सूचनामा नगर शिक्षा समितिको साउन २९ को निर्णय अनुसार नगरपालिका अन्तरगत शिक्षक विद्यार्थी अनुपात तथा विषयगत दरबन्दी मिलान सम्पन्न नभए सम्मका लागि आन्तरिक सरुवा सिफारिस रोक्का गरिएको जनाइएको छ ।



















