खाेज्नुहाेस

धनगढीमा ३१ अटो रिक्सालाई ट्राफिक कार्यालय कैलालीले गर्‍यो कारबाही

Image
धनगढी – ट्राफिक प्रहरी कार्यालय कैलालीले भाडा दर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्साहरुलाई कारबाही गरेको छ ।
attariya hospital
धनगढीमा बुधबार कार्यालयले भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो ।
navjiwan hospital
कारबाहीमा परेका अटो रिक्सा मध्ये १० वटाका कागजपत्र नभएको र अन्यले भाडा दर नराखेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ ।