अत्तरिया – कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय (ईप्रका) मालाखेतीमा १ बर्षको अवधिमा ३५३ मुद्धा दर्ता भएका छन । ईप्रका मालाखेतिमा आर्थिक बर्ष २०७८/७९ बाट मुद्धा दर्ता गर्न सुरु गरिएकोमा पहिलो आर्थिक बर्षमा नै ३५३ मुद्धा दर्ता भएका हुन ।
दर्ता भएका मुद्ध मध्ये २ सय ४४ मुद्धा फच्र्छौट भएको ईप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक डिएसपी रविन्द्रराज पाण्डेले बताए । पच्र्छौट हुन बाँकी मुद्धा मध्ये अधिकांस २ बर्षे अवधिका छन । प्रहरीले उक्त मुद्धामा संलग्न भएका ३ सय ५९ जनालाई पक्राउ गरेको जनाएको छ ।

दर्ता भएका मध्ये जवरजस्ती करणीका ३९ मुद्धा रहेका छन । ईप्रका मालाखेतीमा गत आर्थिक बर्ष सुरु भएको पहिलो दिन देखि मुद्धा दर्ता गरिएकोमा पौष महिना बाहेक जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन । डिएसपी पाण्डेका अनुसार श्रावण महिनामा २, भाद्र महिनामा ३, असोज महिनामा ५, कार्तिक महिनामा ४, मंसिर महिनामा २, माघ र फागुन महिनामा ३/३, चैत्र र बैशाख महिनामा ५/५, जेष्ठ महिनामा २ र असार महिनामा ५ वटा जवजस्तीकरणीका मुद्धा दर्ता भएका छन । यस्तै सो अवधिमा जवरजस्ती करणी उद्योगका २१, बाल यौन दुव्यवहार ३ र बहु बिहाव १५ मुद्धा दर्ता भएका छन ।

१ बर्षको अवधिमा कर्तव्य ज्यानका २, ज्यान मार्ने उद्योगका ९, आत्म हत्या दुरुत्साहानका ७, फुकर ज्यानका २४, पानीमा डुवेका ४ र करेन्ट लागेका २ वटा मुद्धा दर्ता भएका छन । ईप्रका मालाखेतीमा झुण्डिएर मृत्यु भएका मुद्धा दर्ता हुने संख्या पनि तुलानात्मक रुपमा बढी रहेको छ । ईप्रका मालाखेतीमा १ बर्षमा झुण्डिएका ४२ र बिष सेवन गरेका ७ मुद्धा दर्ता भएका छन ।
त्यस्तै ईप्रका मालाखेतीमा चोरीका २४, डाँका चोरीका १, सवारी ज्यानका २४, सवारी अंगभंगका १, सवारी भवितव्यका ५, सरकारी छाप दस्तखतका १, सार्वजनिक हित समेतका ८५, लागु औषधका ३२, हातहतियार खर खजानाका २, ठगीका १, जुवा कसुरका १, अपराधिक उपद्रवका २ र भवितत्व ज्यानका १० मुद्धा दर्ता भएका छन ।
आर्थिक बर्ष २०७८/०७९ को पहिलो दिन साउन १ गतेदेखी अत्तरियावाटै मुद्धा चलाउन सुरु गरिएको थियो । प्रहरी नायब उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीको पालामा पहिलो पटक मुद्धा चल्न सुरु भएको थियो ।
यसअघि प्रहरी नायब उपरीक्षक डिएसपी ज्ञान बहादुर बिष्टले इप्रका प्रमुख भएर आएपछि यसै कार्यालयबाट मुद्धा चलाउनको लागि पहल गरेका थिए । यस अघि ईलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्ड प्रहरी निरिक्षकले समाल्दै आएपनि विगत ३ बर्षदेखि प्रहरी नायब उपरीक्षक डिएसपीले समालिरहेका छन् ।


















