खाेज्नुहाेस

दार्चुला भाउजु हत्या प्रकरण : आरोपित भोजराज पुर्पक्षका लागि थुनामा

Image

दार्चुला – जिल्ला अदालत दार्चुलाले बलात्कारपछि भाउजूलाई जिउँदै जलाउने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए।

navjiwan hospital

दुई दिनअघि खडायतलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो।

attariya hospital

गत जेठ २५ गते बिहान २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको र त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाएको अभियोजन पत्रमा उल्लेख छ।

गम्भीर घाइते भएकी अनिभालाई जिउँदै जलाएको भोजराजले बयानका क्रममा स्वीकार गरेका छन्। हत्यापछि अनिभाले लगाएका गहना लिएर उनी फरार भएका थिए। पक्राउ परेसँगै उनको साथबाट अनिभाका गहना समेत प्रहरीले बरामद गरेको छ।