खाेज्नुहाेस

गेटा मेडिकलका लागि बढ्दै जनदवाव

Image

अत्तरिया – प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि जनदबाव बढ्दै गएको छ । कैललीको गेटामा निर्माणाधिन प्रस्ताविक गेटा मेडिकल कजेल यथासिघ्र संचालन गरिनु पर्ने भन्दै जनस्तरबाट दबाव बढ्न थालेको हो ।

धनगढीका उमेश बढुले अहिल्लो बर्ष नै मेडिकल कलेज संचालनमा आउनु पर्नेमा अहिले सम्म पनि संचालन नआउनु दुःख भएको बताए । ‘२०७४ सालदेखि मेडिकल कलेज बनाउन सुरु भएपछि अहिले सम्म हामीले यहाँबाट पढ्न पाउन्छौ भन्ने सोचेका थियौ’ उनले भने ‘अघिल्लो बर्ष नै यो मेडिकल कलेज संचालन आउनु पर्नेमा त्यो भएन । अहिले पनि यो २०७९ सालको बजेटमा पनि समेटिएर संचालन हुनुपर्नेमा सरकारले यसलाई बेवास्ता गरेको छ ।’

attariya hospital

उनले आगामी आर्थिक बर्षमा पनि मेडिकल कलेज संचालनमा नआए आगागी दिनमा यो भन्दा बढी सशक्त आन्दोलन गर्न बाद्य हुने बताए ।
अत्तरियाकी धना देवी चोखालले सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज नहुँदा यस क्षेत्रका जनताले निकै सास्ती खेप्नु परेको बताईन ।

‘विगतमा पनि कोरोना महामारीका कारण यति ठूलो क्षति भएको थियो । यो क्षेत्रमा एउटा पनि ठूलो मेडिकल नहुँदा धेरैले ज्यान गुमाए’ उनले भनीन ‘अहिले पनि मेडिकल कलेजको लागि बजेट बिनियोजन गरिएको छैन भन्ने सुनेका छौ । यस क्षेत्रबाट यति ठूलो दवाव गएको छ । अब संघिय सरकारको यसमा सुनुवाई हुन जरुरी छ ।’

उनले मेडिकल कलेज नबन्दा यस क्षेत्रका विद्यार्थीहरुले मन हुँदा हुँदै पनि मेडिकल शिक्षा पढ्न नपाएको बताईन । ‘बाहिर सबैले पढ्नका लागि जान सक्ने अवस्था हुँदैन’ उनले भनीन ‘त्यसैले यो मेडिकल कलेज संचालनका लागि लाग्नुपर्छ ।’

कैलालीको चुरेका गणेश बहादुर पातलीले गेटा मेडिकल कलेज बन्यो भने यस क्षेत्रका जनताका लागि उपचारमा धेरै फाइदा हुने बताए । उनले मेडिकल कलेज बनाउन ढिलाई भए आन्दोलनको बिकल्प नभएको बताए ।

गोदावरी – २ तेघरीका लक्ष्मण विकले सुदूरपश्चिमको एक मात्र गेटा मेडिकल कलेजलाई छिटो भन्दा छिटो संचालनमा ल्याउनु पर्ने बताईन । उनले भनीन ‘गेटा मेडिकल कलेज तत्काल संचालन गर्न नसकिए  यो अझै बिसौ बर्ष पछि धकेलिने भएकाले यसलाई संचालनमा ल्याउनु पर्छ ।’

गोदावरी – २ कै हरी सिह साउँदले गेटा मेडिकल कलेज संचालनका लागि निकै ढिलो भइसकेको बताए । ‘अझ पनि यसलाई संचालनमा ल्याउन ढिलाई गरिनु हुँदैन’ उनले भने ‘अब छिटो भन्दा छिटो यसलाई संचालनमा ल्याउनु पर्छ ।’

गोदावरी – ८ स्याउलेका प्रेम बहादुर बोगटीले गेटा मेडिकल कलेज २०४४ सालदेखि नै निर्माण गर्नको लागि माग आएको भएपनि २०४६ सालदेखि यसको योजना अगाडी बढेको बताए ।

navjiwan hospital

उनले पछिल्लो सयम मेडिकल कलेजको काम तिव्र गतिमा अगाडी बढेपछि छिटै संचालनमा आउनेछ भन्ने सोचेको भएपनि त्यो अनुरुप काम हुन नसकेको बताए ।

‘यहाँका जनताले स्वास्थ्यका लागि बाहिर जानुपर्ने समस्या हट्छ भन्ने सोचेका थियौ । तर अहिले किन हो ढिलाई भइरहेको छ’ उनले भने ‘अब पनि यो सुचारु गरिएन भने जसरी अखण्ड सुदूरपश्चिमका लागि लागेका थियौ त्यसरीनै लाग्ने छौ ।’

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी किरन खत्रीले राजनीतिक बेवास्थाका कारण मेडिकल कलेज अगाडी बढ्न नसकेको बताए । ‘यसमा सबैले लाग्नु पर्ने देखिन्छ’ उनले भने ‘मेडिकल कलेज बनेमा हामीले काठमाण्डौ धाउनु पर्दैन हामीले यही पढ्न पाउँन्छौ ।’

५ हजारले गरे हस्ताक्षर

गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले संचालन गरेको हस्ताक्षर अभियानमा पहिलो दिन करिब ५ हजार हस्ताक्षर संकलन गरिएको छ । अत्तरिया चोकमा संचालन गरिएको उक्त अभियानमा स्वस्फुर्त रुपमा स्थानीयले हस्ताक्षर गरेका हुन ।
संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले सरकारलाई भौतिक रुपमा निर्माण सम्पन्न भएको मेडिकल कलेजलाई संचालनमा ल्याउनको लागि दबाव दिन हस्ताक्षर संकलन गरिएको बताए ।

‘यो अभियानमा पहिलो दिन ५ हजार हस्ताक्षर संकलन भएको छ’ उनले भने ‘हामी २० हजार हस्ताक्षर संकलन गरेर गेटा मेडिकल कलेज छेउमै कार्यक्रम आयोजना गरेर प्रमुख जिल्ला अधिकारी लगायत सरोकारबाला निकायलाई बुझाउने छौ ।’

उनले हस्ताक्षर कार्यक्रममा व्यापक रुपमा जनसहभागिता देखिएको बताए । उनले भने ‘हस्ताक्षर कार्यक्रममा धनगढी, अत्तरिया लगायत सुदूरपश्चिमका सबै ठाउँबाट यो अभियानमा जोडिनु भएको छ ।’

उनले अस्ताक्षर अभियान आइतबार सम्म जारी रहने बताए । उनले आन्दोलनका कार्यक्रम अन्तरगत यसअघि बिरोध -याली, ज्ञापन पत्र बुझाउने काम गरिएको बताए । अहिले गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरिया र धनगढीमा बिभिन्न बिरोधका कार्यक्रम संचालन भइरहेका छन ।

भिडियो