अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट बिरेन्द्र भट्ट चुनावी मैदानमा छन । दोस्रो पटक मेयरका लागि चुनाव लडिरहेका भट्ट यस पटक भने चुनाव जित्ने आधार तय भइसकेको बताएका छन । यसै सेरोफेरोमा रहेर अत्तरिया अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
पहिलो चोटि पराजित भएर पनि गोदावरीको मेयरमा फेरि तपाईं नै किन उम्मेदवार ?

स्थानीय चुनाव भनेको कुनै राज्यसत्ता परिवर्तन गर्नको लागि होइन । नगरबासिको चाहना अपेक्षा अनुसार यहाँका आवश्यकता अनुसार काम गर्नका लागि यो निर्वाचन हो ।
हिजोको दिनमा २०७४ सालको स्थानीय चुनावमा पराजय हुँदै गर्दा मेले विगतका दिनमा जितेका प्रतिनिधिहरुले यस क्षेत्रको समग्र विकास, यस क्षेत्रका जनताको स्तरोन्नती गर्न नसकेका कारणले हामी यस क्षेत्रमा फरक र राम्रो गर्न सक्छौ भन्ने उद्देश्यका साथ मेरो अहिले उम्मेदवारी हो ।
यसअघिको चुनाव बाट तपाईंले नगर चलाउन नपाएपनी नगर अरुले चलाएको हेर्नु भयो ? त्यसलाई तपाईंले कसरी लिनु भएको छ ?
निर्वाचनमा लडेर जितिसकेपछि वहाँले समग्र गोदावरी नगरबासिको मेयर बन्न सक्नु पथ्र्यो । तर अहिलेका मेयरले त्यो गर्न सक्नुृ भएन । अहिले देशभरमै सबैभन्दा बढी भ्रष्टाचारमा मुछिएको नगरपालिका गोदावरी बनेको छ । यसमा ८÷१० जना कर्मचारी पनि परेका छन । कारिन्दाको रुपमा कर्मचारी काम गर्ने भएको कारणले कसुर नगरेका कर्मचारी पनि त्यसमा फसेका पनि छन । अहिले नगरपालिका सिस्टममा चलेको छैन । आफ्ना व्यक्तिगत फाइदाका लागि मात्रै अगाडी बढे । यस क्षेत्रको विकासका लागि लागेको भए आज यो अवस्था आउने थिएन । हामीले यो भन्दा राम्रो गर्न सक्छौ भन्ने हामीलाई विश्वास छ ।
समग्र गोदावरीको विकासका लागि तपाईका मुख्य योजना के के छ्न ?
हामीले प्रत्येक वडालाई कृर्षीसंग जोडेर यहाँका किसान दाजु भाई दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन हामी अगाडी बढ्ने छौ ।
यस क्षेत्रमा पर्यटकिय एवम धार्मीक क्षेत्रलाई विकास गर्नेछौ । यहाँका गोदावरी धाम, नायल ताल, ग्वासी समैजी, कम्पासे डाँडा यस क्षेत्रका धेरै सम्भावना बोकेका ठाउँ हुन ।

महिला, बालबालिका, अपाङ्ग, असाय, युवाको हकमा हामीसंग लक्षित कार्यक्रम छन । हामी त्यही अनुसार काम गर्ने छौ । हामीले नगरलाई समृद्ध नगरपालिका बनाउने छौ ।
अहिले गोदावरी भ्रष्टाचारमा लुप्त नगरपालिकाका रुपमा चिनिएको छ । त्यसलाई रोक्नका निमित्त भ्रष्टाचार मुक्त नगरपालिका, क्लिन नगरपालिका, ग्रीन नगरपालिका बनाउने हाम्रो मुख्य काम हुनेछ ।
गोदावरीमा तपाइको मुख्य प्रतिस्पर्धिका रुपमा एमालेका उम्मेदवारलाई लिने गरिएको छ । अहिले पनि एमाले तपाइको मुख्य प्रतिस्पर्धी हो । यसपटकको प्रतिस्पर्धालाई तपाईले कसरी लिनु भएको छ ?
चुनाव हार्नु जित्नु टेक्निकल कुरा हो । प्रतिस्पर्धी पहिले पनि नेकपा एमाले नै थियो अहिले पनि एमालेनै छ । तथापी जनताले अहिले यसअघि जनचाहना अनुसार काम भए वा भएनन् भनेर बुझेका छन । हिजो दुई तिहाइको बहुमत प्राप्त सरकारले देश चलाउनको साटो आफ्नो पार्टी चलाउन पनि सकेन । त्यसैले जनताले नेकपा एमालेबाट त्यती आशा गदैनन् । हामीलाई जिताउन्छन ।
गोदावरीमा गठबन्धन गरिएको भएपनि बागी उम्मेदवारी परेको छ । यस्ले तपाईंको चुनावी नतिजामा कस्तो प्रभाव पार्ला ?
हामी गठबन्धनमा जाँदै गर्दा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मदेवारी परेको छैन । सामाजवादी पार्टीबाट बागी परेकाहरुलार्ई कारवाही भएको छ । यसले केही हद सम्म फरक परेपनि समग्रमा यसले त्यति फरक पार्दैन ।
पार्टी भित्रको आन्तरिक किचलो सकिएको हो ? तपाइले जित्ने आधार के छ ?
अहिले हामी जित्छौ भन्ने मुख्य आधार पार्टी एक ढिक्का हुनु हो । हाम्रो पार्टी भित्र जुन प्रकारको गलत बुझाई थियो । त्यो अहिले मिलेको छ । अहिले हामी सबै साथीहरु एकजुट भएका छौ । सबै साथीहरु लागिपर्नु भएको छ । तसर्थ पनि मेरो सबैभन्दा ठूलो जित्छौ भन्ने आधार भनेको नै त्यही हो ।
भिडियो

















