अछाम – अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । रामारोशन गाउँपालिका–४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएकी विकलाई उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताएका छन ।

शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिएकी थिइन ।

















