खाेज्नुहाेस

बेसद्धारा सञ्चालीत परियोजनाको प्रगती सम्बन्धी समिक्षात्मक बैठक आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सञ्चालीत कोभिड – १९ प्रभावित समुदायहरुका लागी पुनरोत्थान परियोजनाको प्रगतीका बारेमा जानकारी दिईएको छ । लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोगमा सञ्चालीत परियोजना अन्तरगत भएका प्रगतीहरुका बारेमा ब्याकवार्ड एजुकेशन सोसाईटी (बेस) ले समिक्षात्मक बैठक आयोजना गरी जानकारी दिएको हो ।

बेसद्धारा सञ्चालीत पुनरोत्थान परियोजनाका संयोजक लक्ष्मण चौधरीले नगरपालिकामा परियोजना अन्र्तगत भएका हालसम्मका क्रियाकलापहरुका बारेमा जानकारी दिएका थिए । उनले परियोजना अन्तरगत धेरै जसो कार्यहरु सम्पन्न भईसकेको बताए ।

attariya hospital

उनका अनुसार परियोजना अन्तरगत पर्ने परियोजना सम्बन्धी पालिकामा अभिमुखीकरण, कोभिड– १९ को रोकथाम, व्यवस्थापन र उपचारका बारेमा नगरका ८३ जना स्वास्थ्यकर्मीहरुलाई तालीम, ५० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई भ्याक्सिनको प्रभावकारीताको बारेमा जानकारी, ३२ जना स्वास्थ्य स्वयमसेविकाहरुको डाटा संकलन गरेर नगरका विभिन्न स्थानमा कोभिड – १९ विरुद्धको खोप अभियान सञ्चालन लगायतका कार्यहरु सम्पन्न गरीसकिएको छ ।

उनले खोप अभियानमा हालसम्म १ हजार ५ सय ४ जनाले खोप लगाएको र अझै अभियान सुरु भैरहेको बताए । त्यसका साथै परियोजना अन्र्तगत नगरपालिकाका २५ जना स्वास्थ्यकर्मिहरुलाई २ दिन तथा ५६ जना कोभिड प्रभावित व्यक्तिहरुलाई १ दिने मनोसामाजिक परामर्श विषयक तालीम समेत दिईएको उनले बताए ।

navjiwan hospital

परियोजना अन्तरगत पालिकामा रहेका बर्थिङ सेन्टरहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरीनुका साथै नगरपालिकालाई पनि स्वास्थ्य सामग्रीहरु वितरण गरिएको उनले बताए । स्वास्थ्य क्षेत्रमा भएका उल्लेखित कार्यहरुका साथै कृषि क्षेत्रमा पनि विभिन्न कार्यहरु सम्पन्न भएका परियोजनाका संयोजक चौधरीले बताए ।

उनका अनुसार कृषि क्षेत्रमा परियोजना अन्तरगत ३ सय किसानलाई विउ वितरण, भिटामिन, किटनाशक औषधी तथा फुल लगाउने औषधी वितरण गरिएको छ । यसका साथै ४० जना आप्रवासीहरुलाई व्यापार व्यवसायका लागी सहयोग गरिएको पनि उनले बताए ।

यसैबिच उक्त समिक्षा बैठक पश्चात परियोजना अन्र्तगत कार्य गरिएका नगरपालिकाका वडा नं. ६, ८, ११ र १२ मा अनुगमन समेत गरीएको छ । नगरप्रमुख हरि सिँ साउँद, उपप्रमुख रत्ना कडायत, प्रमुख प्रशासकिय अधिकृत बसन्त खत्री लगायत विभिन्न शाखाका कर्मचारीसहितको टोलीले वडाका विभिन्न क्षेत्रमा गई परियोजना अन्र्तगत भएका कार्यहरुको अनुगमन गरेको थियो ।

अक्टोबर २०२१ देखी सुरु हुनुपर्ने परियोजना गोदावरीमा भने ढिला गरी सुरु भएको हो । विविध कारणले बैठक बस्न नसक्दा परियोजना सुरु गर्न नसकिएको परियोजनाका संयोजक चौधरीले बताए । उक्त परियोजनाको लागत २ करोड १ लाख २४ हजार ९ सय ४८ रुपैया रहेको छ भने परियोजनाबाट ३ हजार परिवार प्रत्यक्ष लाभान्वीत हुने अनुमान गरिएको छ ।